तिहारकाे किनमेलले असन-इन्द्रचाेकमा बढेकाे घुइँचाे (तस्बिरहरू)
काठमाडौं । तिहारको संघारमा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ । न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचो लागेको छ ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारलक्षित गरेर मिठाई, भाइमसला, फूलका माला, लत्ताकपडाहरूको किनमेल बढेको छ । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ ।
भाइटीकामा दीदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिन टोपी, अस्कोट, गन्जी र चेलीका लागि पछ्यौरा सारी, कुर्तासलवारलगायतका सामान किन्न ढाका र कपडा पसलमा भीड लागेको छ । असनमा तिहारका लागि किनमेल गर्न पुगेका ग्राहकहरु गत वर्ष भन्दा यस वर्ष सामानहरुकाे मूल्य आकासिएकाे गुनासाे गरेका छन् ।
व्यापारीहरुले पसलैपिच्छे भाउ फरक फरक राखेका छन् । सरकारी निकायकाे अनुगमन नहुँदा व्यापारीहरुले मनलाग्दी मूल्य लिएकाे ग्राहकहरुकाे गुनासाे छ ।