महादेवलाई सम्झाउने माधवको प्रयास असफल – Nepal Press

महादेवलाई सम्झाउने माधवको प्रयास असफल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शुक्रबार सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका बागी उम्मेदवार महादेव गुरुङलाई भेटे ।

कास्की २ मा गठबन्धनका उम्मेदवार नेकपा एसका श्रीनाथ बरालविरुद्ध बागी उम्मेदवारी दिएका गुरुङलाई नेपालले भेटेर उम्मेदवारी निस्क्रिय पार्न आग्रह गरेका थिए ।

लेकसाइडको एक होटलमा नेपालले गुरुङलाई भेट्न बोलाएका थिए । ‘उम्मेदवारी निस्क्रिय गर्नुस्, प्रतिगमनकारी शक्तिलाई परास्थ गर्न तपाईंको साथ चाहियो,’ नेपालले गुरुङलाई आग्रह गरे ।

नेपालसँग भेट्नु अघि प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवा, प्रदेशका मन्त्री विन्दुकुमार थापा लगायतले फोनमार्फत गुरुङलाई सम्झाउने प्रयास गरेका थिए । गुरुङले उनीहरुसँगको फोन संवादमा पनि उम्मेदवार निस्क्रिय पार्न नसक्ने जवाफ फर्काएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाबाट पेलिएपछि मात्रै आफूले उम्मेदवारी दिएकाले उम्मेदवारी निस्क्रिय गर्ने सवाल नै नउठ्ने गुरुङ बताउँछन् । ‘पार्टीमा अत्याचारले थिलथिलो भएपछि बागी दिएको हुँ, माधव नेपाल पनि ओलीको अत्याचारले थिलथिलो भएको मान्छे । कुरा मिल्छ कि भनेर भेटें, सोचे जस्तो भएन,’ गुरुङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर