ओलीको दाबी- एमालेभित्र गुटबन्दी छैन, हुन दिइँदैन (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेभित्र कुनै प्रकारको गुटबन्दी नरहेको दाबी गरेका छन् । नेकपा एमाले ललितपुरले तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
एमालेको अभियानमा लागेका नेताकार्यकर्तालाई सानो चित्त नबनाउन पनि अध्यक्ष ओलीले आग्रह गरे ।
‘हामी देश बनाउने संकल्पमा, समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्पमा हामी छौँ । त्यस संकल्पमा अगाडि बढ्छौं,’ उनले भने,‘अहिले निर्वाचन जित्नुपनि पर्या छ । निर्वाचन जित्ने, सरकार बनाउने, सरकार ठिक ढंगले चलाउने, संसद् ठिक ढंगले चलाउने र पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने ।’
अहिले एमालेमा गुटबन्दी नरहेको पनि उनले बताए । अब नेकपा एमालेभित्र गुटबन्दी छैन, हुँदैन, हुन दिइँदैन,’ उनले भने । यस्तै पार्टी कार्यकर्तालाई काखापाखा पनि नगरिने अध्यक्ष ओलीले दाबी गरे । उनले भने,‘कोही काखा, कोही पाखा । कोही नजिक, कोही टाढा । कोही अवसरै अवसरमा थिचिने कोही अवसरको नजिक पनि नपुग्ने यसो हुन दिइँदैन ।’
थुइक्क साले खात्ते के बोलेको होला ए माले भित्र यत्ति धेरै बिकृति र विसंगति छ राम्रो मान्छेको लागि ए माले भित्र कुनै पनि ठाउँ छैन