प्रचण्डको प्रश्न- ‘मधेसको लागि लड्नेहरू आइसोलेसनमा पर्ने, केपी ओली हाबी हुने’ यो किन भयो ? – Nepal Press

प्रचण्डको प्रश्न- ‘मधेसको लागि लड्नेहरू आइसोलेसनमा पर्ने, केपी ओली हाबी हुने’ यो किन भयो ?

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस आन्दोलनको विरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? भन्ने प्रश्न उठाए ।

उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

प्रचण्डले भने– मधेसको अधिकारका लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवी,नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।

अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने,झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत बन्न आग्रह गरे ।

उनले मधेसको अधिकारका लागि आफूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको आरोप लगाए ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डको प्रश्न- ‘मधेसको लागि लड्नेहरू आइसोलेसनमा पर्ने, केपी ओली हाबी हुने’ यो किन भयो ?

  1. 17000 nirdosh Nepali ko hatya garne hatyro. Tero Kura kasaile patyaudaina. Tero mriru ko din Nepali le sukha ko mahasus garnechhan

  2. किनकी केपिले वास्तविक रूपमा मधेशको लागि लडेका हुन् । तिमीहरूको नक्कली, भारतको ईशारामा लडेजस्तो मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर