बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

२०७९ कार्तिक ५ गते १७:३१

घोराही । दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिवार दिउँसो दुई किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले बताए ।
नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको मल्लको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर