प्रकाशमान भन्छन्- भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्छु – Nepal Press

प्रकाशमान भन्छन्- भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका सिंहले आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

‘जतासुकै भ्रष्टाचार व्याप्त छ, जहाँ जाऔं अस्तव्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन हो,’ उनले भने ।

यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता चाहने र स्थिरता नचाहनेहरु बीचको प्रतिस्पर्धा भएको भन्दै उनले जनताले उपयुक्त निर्णय गर्ने समय आएको बताए ।

मुलुकभित्रका पछिला घटना क्रमले युवाहरुमा निरासा छायकाले युवाहरुमा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माण गराउने आवश्यक काम आफूँले गरिरहेको समेत बताए ।

राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी फोहोर ब्यवस्थापन ट«ाफिक जाम लगायत न्युनतम आधारभुत समस्याको समाधानका लागि काम गर्ने योजनासहित जनता माझ आइरहेकाले बिबेकपूर्ण निर्णय गर्न आममतदाताहरुलाई आग्रह समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर