सुर्खेतमा प्रचण्डले भने- गिरिजाबाबुले अन्तिममा एक्लै बोलाएर मलाई भनेको कुरा सबैले हेक्का राख्नुपर्छ (भिडिओ) – Nepal Press

सुर्खेतमा प्रचण्डले भने- गिरिजाबाबुले अन्तिममा एक्लै बोलाएर मलाई भनेको कुरा सबैले हेक्का राख्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म त देशमा शान्ति ल्याउनकै लागि भएको दाबी गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा देशको जिम्मेवारी आफूलाई सम्हाल्न भनेको दोहोर्‍याए ।

उनले भने, ‘विस्तृत शान्ति सम्झौताको मूल मर्म त देशमा शान्ति ल्याउने नै थियो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लानेतर्फ उत्प्रेरित थियो । त्यो जनताको जित थियो । एउटाले हारेको अर्कोले जितेको रूपमा होइन । त्यसलाई सबै नेपालीले जितेको र १२ बुँदे समझदारीका सबै सहयात्रीहरूले जितेको रूपमा हामीले बुझेका थियौँ ।’

अहिलेसम्मको उपलब्धि रक्षा गर्नका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डले भने ।

उनले भने, ‘गिरिजाप्रसाद कोइराला जो विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता पनि हुनुहुन्थ्यो । जीवनको अन्तिम घडीतिर उहाँले मलाई एक्लै बोलाएर अब यो देशको जिम्मेवार तपाईंले गर्नुपर्छ भन्नुभएको थियो । त्यो त्यतिबेलै सार्वजनिक भएको कुरा हो । उहाँले त्यो किन मलाई भन्नुभयो भन्नेकुरा सबैले हेक्का राख्नुपर्छ ।’


प्रतिक्रिया

2 thoughts on “सुर्खेतमा प्रचण्डले भने- गिरिजाबाबुले अन्तिममा एक्लै बोलाएर मलाई भनेको कुरा सबैले हेक्का राख्नुपर्छ (भिडिओ)

  1. आज सुर्खेतमा चटकेले चटक देखाएछ । जनताले खित्का छोडेर जिस्काएछन् ।

  2. गिरिजाप्रसाद कोईराला लाई धोका दिने मान्छेले कांग्रेसलाई ढाट्न पनि थाले छन् यो मान्छेको कुनै पनि कुरा पत्याउन योग्य छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर