कांग्रेसको घोषणा पत्र आज सार्वजनिक नहुने – Nepal Press

कांग्रेसको घोषणा पत्र आज सार्वजनिक नहुने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आफ्नो प्रतिवद्धता पत्र कात्तिक ७ गते (भोलि) बिहान सार्वजनिक गर्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सोमबार विहान १०ः३० बजे घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिए । संकल्प पत्र प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने पौडेलले जनाएका छन् ।

यसअघि आजै साँझ ५ बजे घोषणा पत्र सार्वजनिक गरिने जनाइएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर