१६ तस्बिरमा हेर्नुस् ‘फौजी कुकुर’ को कला – Nepal Press

१६ तस्बिरमा हेर्नुस् ‘फौजी कुकुर’ को कला

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर गरी कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ ।

भैरवको बाहनको रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

त्यसबाहेक सुरक्षा निकायले अपराध अनुसन्धान, नियन्त्रणमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने गरेका छन् । देशका विभिन्न ठाउँमा भएको गम्भीर र रहस्यमय घटनाको प्रहरी अनुसन्धान र अपराधी पत्ता लगाउन तालिमप्राप्त कुकुरले सहज बनाएका उदाहरण प्रशस्त छन् । कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि राज्यले नै बजेट छुट्याउँदै आएको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले कुकुरलाई तालिम दिएर उपत्यका र प्रदेशका युनिटमा खटाउने गरेको छ । केनाइन महाशाखा प्रमुख एसएसपी दिप्ती गुरुङका अनुसार हाल देशभर ९३ वटा तालिमप्राप्त कुकुर छन् । काठमाडौं उपत्यका र प्रदेशसहित देशभर १२ वटा युनिटअन्तर्गत यी रहेका छन् ।

‘घटनास्थलमा छाडिएका प्रमाणहरू सुँघाएर कुकुरले अपराधीको संकेत गर्दछ । अपराधी गएको दिशातिर जाने, अपराधीनजिक गएर भुक्ने काम गर्छ’, गुरुङले भनिन् ।

आज कुकुर तिहारको दिन महाराजगञ्जस्थित केनाइन महाशाखामा प्रहरीको तालिमप्राप्त कुकुरको कला प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *