ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड – Nepal Press

ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् ।

सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए ।

उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु । ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहोर्‍याउँदिनँ । मैले भन्ने गरेको छु, यो देशमा प्रतिगमन र संविधान मिच्नेहरुसँग लडाइँको आवश्यकता भएसम्म गठबन्धन कायम रहन्छ ।’

उनले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आह्वानसमेत गरे ।


प्रतिक्रिया

One thought on “ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड

  1. भोलि काँग्रेसले प्रधानमन्त्री दिन्न भन्दा लुरूक्क परेर ओलिको गुणगान गाएको देख्न नपरोस । अनि यो ठगबन्धनको चुनाव अघिको एजेण्डा ओलिलाई गाली गर्ने, चुनाव पछि काशी जाने मोदीको ढोको बगैंचे बन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर