ओखलढुंगाका पहिलो कम्युनिष्ट मन्त्री अम्बिरले थालेका १० अर्बका विकास आयोजना बने चुनावी एजेण्डा – Nepal Press

ओखलढुंगाका पहिलो कम्युनिष्ट मन्त्री अम्बिरले थालेका १० अर्बका विकास आयोजना बने चुनावी एजेण्डा

एमालेको नारा- विचारको नेता यज्ञराज,विकासको नेता अम्बिर गुरुङ, पुस्तान्तरणको नेता जीबी खड्का

ओखलढुंगा । एमाले पंक्तिमा चर्चा चल्ने गरेको छ,ओखलढुंगामा विचारको नेता यज्ञराज सुनुवार,विकासको नेता अम्बिरबाबु गुरुङ र युवा पुस्तान्तरणको नेता जीबी खड्का । चुनावी मैदानमा उत्रिएका एमाले उम्मेदवारहरू अहिले विकासको नेता अम्बिरबाबु गुरुङले प्रदेश १ को भौतिक पुर्वाधार विकास मन्त्री भएको बेला जिल्लामा लगेको बजेट र थालिएका विकास आयोजनाहरूको पूर्णताको एजेण्डा बोकेर जनतामा गइरहेका छन् ।

पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवार प्रतिनिधिसभाको उम्मेदवार छन् भने ओखलढुंगाका पहिलो कम्युनिष्ट मन्त्री अम्बिरबाबु गुरुङ क्षेत्र नम्बर १ र जीबी खड्का क्षेत्र नम्बर २ का उम्मेदवार छन् । गुरुङ प्रतिनिधिसभाका दाबेदार थिए तर पार्टीले विचार, विकास र युवा पुस्तान्तरणको संयोजन मिलाएर उम्मेदवार उठाएपछि उनी पार्टी निर्णय शिरोपर गरेर दोस्रोपटक चुनावी मैदानमा छन् ।

सुनुवार विद्यार्थी राजनीतिबाट आएका प्रभावशाली युवा नेता हुन् जसले ओखलढुंगामा पहिलोपटक एमालेको तर्फबाट विजयको झण्डा फहराएका थिए भने अम्बिर मन्त्री हुनुभन्दा पहिले सांसदको हैसियतमा लिखुदेखि मोलुङसम्म, दूधकोशीदेखि सुनकोशीसम्मको विकास आयोजनाहरूमा पहल गरेका थिए ।

उता क्षेत्र नम्बर २ मा एमालेले युवा पुस्ताबाट ज्ञानबहादुर खड्का (जीबी) लाई उम्मेदवार बनाएको छ । उनी युवा व्यवसायी तथा पार्टीका प्रदेश कमिटी सदस्य हुन् । हुन त ओखलढुंगा एमालेका तीनैजना उम्मेदवार युवा हुन् । तर, जीबीको उम्मेदवारीले पुस्तान्तरण गरेको लिखु गाउँपालिका उपाध्यक्षसमेत रहेकी एमाले जिल्ला कमिटी सदस्य अस्मिता थापा बताउँछिन् ।

एमाले जिल्ला अध्यक्ष शंकर कटुवाल जिल्लामा पहिलोपटक एमालेको बिजय झण्डा फहराउने यज्ञराज सुनुवार र जिल्लाकै पहिलो वामपन्थी मन्त्री अम्बिरबाबुले थालेका विकास निर्माणका कामहरूलाई पूर्णताका दिनका लागि यसपटक पार्टीले समावेशी र सशक्त नेतृत्वलाई चुनावी मैदानमा उतारेकाले जितप्रति ढुक्क रहेको बताउँछन् ।

अम्बिरबाबु गुरुङ ओखलढुंगाको पहिलो कम्युनिस्ट मन्त्री हुन् । उनी शेरधन राई मुख्यमन्त्री भएको बेला सुरूमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री र पछि फुलमन्त्री भएका बेला ओखलढुंगाको इतिहासमै सर्वाधिक बजेट र विकास आयोजना भित्रिएको विपक्षी पार्टीका नेताहरू पनि स्वीकार गर्छन् ।

जिल्लाबाट निर्वाचित कांग्रेसका बलवहादुर राई, गोपाल राई र होमनाथ दाहाल केन्द्र सरकारको मन्त्री भए पनि ओखलढुंगाको भौतिक पूर्वाधार तथा सामुदायिक तथा मानवीय क्षेत्रमा विकास हुन नसकेको खिजिदेम्बा गाउँपालिका अध्यक्ष तथा जसपा नेता गम्बु शेर्पा बताउँछन् ।

अम्बिरबाबुले मन्त्री नभएकै बेलादेखि मन्त्री भएर निस्किदासम्म ५ वर्षको बीचमा जिल्लाको भौतिक पुर्वाधार तथा शैक्षिक र स्वास्थ्य अनि खानेपानी क्षेत्रको विकासका लागि १० अर्ब रूपैया बजेट भित्र्याएको तथ्यांक सार्वजनिक भएको छ । उनले दोस्रोपटक चुनावम उम्मेदवार बन्दैगर्दा आफूले ल्याएको बजेट र थालेका अधुरा तथा पूर्ण भएका आयोजनाहरूलाई जनताबीच लगेका छन् ।

गुरुङले सडक पुर्वाधारमा मात्र करीव ७ अर्ब रूपैया बजेट लगेको प्रदेश सरकारको रेकर्डमा देखिन्छ भने शहरी विकास तथा आवासका लागि ६२ करोड,खानेपानी तथा सिंचाइमा ५४ करोड र पर्यटन तथा खेलकुदको विकासमा करीव १२ करोड रूपैया ओखलढुंगामा भित्र्याएको पाइएको छ ।

गुरुङले भौतिक पूर्वाधार मन्त्री भएको बेला आफ्नो निर्वाचन क्षेत्र नम्बर १ भित्रका सबै वडालाई कालोपत्रेसहितको चक्रपथले जोड्ने महत्वाकांक्षी सडक पूर्वाधार योजनामा बजेट विनियोजना गरेका थिए । जुन काम अहिले सुरू भएको छ र उनले यसलाई पूर्णता दिन आफू उम्मेदवार भएको बताएका छन् ।

गुरुङले आफ्नो पालामा थालिएका, निर्माणाधीन, सम्पन्न भएका तथा टेण्डर प्रक्रियामा रहेका विकास आयोजनाहरूको सूची बनाएर जनतालाई जानकारी गराइरहेका छन् । गुरुङले ल्याएको विकास आयोजनालाई नै एमालेले संस्थागतरूपमा चुनावी प्रतिबद्धतापत्रमा समेत समेट्दैछ ।

गुरुङ आफैं पनि राजनीतिक कार्यकर्ताका अलावा व्यवसायिक क्षेत्रमा समेत स्थापित व्यक्ति भएकाले सांसद र मन्त्रीको हैसियतबाट प्राप्तबाहेक व्यक्तिगत तहबाट समेत जिल्लाका जनतालाई सघाउनेमा पर्छन् । बिरामीको उद्धार र उपचार, समुदायको विकास तथा युवाहरूलाई खेल तथा पर्यटन क्षेत्रमा उनले उल्लेख्य सहयोग गरेको पर्यटन बोर्डका सदस्यसमेत रहेका पर्यटन व्यवसायी ङावाङिमा शेर्पा बताउँछन् ।

ओखलढुंगाको विकासमा गुरुङ मन्त्री भएको बेला आएको बजेट तथा सुनुवारले सांसदको हैसियतमा पहल गरेर थालिएका ठूला आयोजनाको संयोजन हुने हो भने पाँच वर्षमा जिल्लाको कायापलट हुने उनको दाबी छ ।

ओखलढुंगामा प्रतिनिधिसभातर्फ एमालेबाट यज्ञराज सुनुवार र गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामहरी खतिवडा दोस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । प्रदेश क्षेत्र नम्बर १ मा एमालेका पूर्वमन्त्री गुरुङसँग कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार पहिलोपटक प्रतिस्पर्धामा छन् । यसअघि उनी क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । २ नम्बर क्षेत्रमा एमालेका जीबी खड्कासँग गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बाबुराम गौतम प्रतिस्पर्धामा छन् ।

यी हुन् अम्बिरबाबु गुरुङले ओखलढुंगाको सडक पूर्वाधार, खानेपानी तथा सिंचाइ र सहरी विकासको लागि थालेका योजना :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर