तस्बिरमा हेर्नुस् संखुवासभाको मनकामना मन्दिर
तुम्लिङटार । संखुवासभाको खाँदबारी नगरपालिका -९ को अरुण किनारमा भएको मनकामना मन्दिर परापूर्वक कालबाटै पूजाआजा केन्द्र भएको स्थानीय बताउँछन् ।
पारी भोजपुरको दिङ्ला र वारि संखुवासभाको तुम्लिङटार क्षेत्र छ। तुम्लिङटारमै भएको मनकामना मन्दिरका वारि र पारी जामुनका रुखहरु छन् । यहि दृश्यलाई मिलाएर संखुवासभाका गायक खेमराज गुरुङले गीतै गाए:
वारि जमुना पारी जमुना
जमुनाको फेदैमा मनकामना
अरुण बाढी आतंकपछि २०२६ मा मन्दिरको संरचना बनाइएपनि परापूर्वक कालबाटै पूजाआजा भएको मन्दिरका तेस्रो पुस्ताका पुजारी सुर्यप्रसाद कट्टेल बताउँछन् । तुम्लिङटारमा विमानस्थल ओर्लेर अथवा सडकमार्गबाटै मन्दिरमा आउन सकिन्छ ।