गठबन्धनले चुनाव जितिसक्यो, ५ वर्ष हामी पाँचै दल एकै ठाउँमा उभिनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन बनाएर चुनावमा गइसकेपछि कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन नहुने बताएका छन् ।
नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले गठबन्धन दलहरु कम्तिमा ५ वर्ष एक ठाउँमा उभिनै पर्ने बताए ।
महामन्त्री थापाले भने–हामी एक ठाउँमा आउने स्थिति कसले बनायो जनतालाई बुझाउनुपर्छ । निर्वाचनअघि सँगै उभिएपछि ५ वर्षलाई मत मागेपछि ५ वर्ष मत हाल्ने मतदातालाई धोका दिन पाइँदैन,कसैको सनक,व्यक्तिगत आग्रह,महत्त्वाकाङ्क्षा पूरा भएन भनेर गठबन्धनभित्रका दलहरूलाई दायाँ बायाँ फर्किने हक छैन ।
थापाले अब संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको र स्थानीय तहमा पनि दुई सरकार गठबन्धन दलहरुकै रहेकाले अब काम गरेर देखाउने चुनौती आएको बताए ।
निर्वाचन आयोगलाई भनिदिनुपर्यो यसले जित्यो भनेर । घोषणा त उसैले गर्नुपर्ला नि । चुनाव खर्च जोगियो देशको ।