नेपाली पर्यटनलाई गिज्याइरहेको मकालु आधार शिविरको पदमार्ग (तस्बिरहरू) – Nepal Press

नेपाली पर्यटनलाई गिज्याइरहेको मकालु आधार शिविरको पदमार्ग (तस्बिरहरू)

तुम्लिङटार । दुनियाँका १४ वटामात्रै ८ हजार मिटरमाथिका हिमाली चुचुरामा मकालु हिमाल पाँचौं अग्लोमा पर्छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु हिमाल आरोहणमात्रै होइन पदयात्रलाई नि उत्तिकै आकर्षक छ ।

संखुवासभाको नुम बजारसम्म सडकले जोडिएसँगै पदयात्रा छोटिएपछि हिजोआज धेरैले यात्रा गर्न थालेका छन् । तर, यो अन्तर्राष्ट्रिय महत्वको पदमार्ग क्षेत्र भने धेरै असुरक्षित छ ।

पहिरो खसेर ठाउँठाउँमा बाटो भत्किएका छन् । पुलपुलेसा र फड्केहरू जोखिम मोलेर तर्नुपर्छ । रुख ढलेर जंगलको यात्रा कष्टकर बनाइरहेको छ । सम्बन्धित निकायले पदमार्गलाई सुरक्षित र सहज बनाउन चासो नदिएको स्थानीय टी हाउसका सञ्चालकहरूको गुनासो छ ।

पदमार्गको यो अवस्थाले आन्तरिक तथा बाह्य पर्यटकलाई दु:ख दिएको छ नै अर्कोतिर नेपाली पर्यटनलाई पनि ‘बेइज्जत’ गरिरहेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर