सिरहामा केरा बोकेको ट्याक्टर पल्टिदा २ जनाको मृत्यु – Nepal Press

सिरहामा केरा बोकेको ट्याक्टर पल्टिदा २ जनाको मृत्यु

जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका १० मा आज बिहान केरा बोकेको ट्याक्टर पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका ४ का महेश यादव र सोही नगरपालिका ११ का कमल यादव छन् । मृतक महेश केरा व्यापारी र कमल ट्याक्टर चालक रहेको बुझिएको छ ।

छठ पर्वका लागि बिक्री गर्न मृतक महेशले सुनसरीको भन्टाबारीबाट केरा ल्याउन लागेका थिए ।

गाउँमा आइसकेपछि ट्याक्टर दुर्घटनामा परेको हो । तर दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर