महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप, स्थिति तनावग्रस्त
जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका- ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।
प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् । प्रहरीले लाठीचार्ज पनि गरेका छन् ।
स्थानीयका अनुसार झडपका क्रममा केहि स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केहि प्रहरी पनि घाइते भएका छन् ।
हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको थियो । यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा गरियो । त्यसपछि झडप सुरु भएको बुझिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।