प्रतिनिधिसभा र प्रदेशसभाका १४ सीटमा गठबन्धन दलको मित्रवत प्रतिस्पर्धा, ५ ठाउँमा छलफल जारी (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभा र प्रदेशसभाका १४ सीटमा गठबन्धन दलको मित्रवत प्रतिस्पर्धा, ५ ठाउँमा छलफल जारी (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रको भागबन्डाका क्रममा कतिपय क्षेत्रमा दोहोरो उम्मेदवारी दिएका सत्ता गठबन्धनका दलहरुले केही ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुवै पक्षले दाबी नछाडेपछि र दुवैको आधिकारिक चिन्ह लिएका उम्मेदवारले जित्ने दाबी गरेका कारण मित्रवत प्रतिस्पर्धा गर्न लागिएको हो । गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्ने क्रममा प्रतिनिधिसभाका ३ वटा सीटमा मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

प्रदेशसभामा यो संख्या अझ धेरै छ । गठबन्धन दलहरुबीच प्रदेशसभाका ११ वटा क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै ५ वटा प्रदेशसभाका क्षेत्रमा अझै पनि मिलाउन छलफल जारी रहेको छ ।

नेकपा एकीकृत समाजवादीले दिएका कतिपय उम्मेदवारहरु कायमै राखेर गठबन्धनले उनीहरुलाई गठबन्धनको सूचीमा समावेश नगरी छाडेको छ । नेकपा एसले आफ्ना उम्मेदवार देशका अधिकांश क्षेत्रमा नहुँदा समानुपातिक मत घट्ने चिन्ता व्यक्त गरेपछि सो पार्टीका उम्मेदवारलाई बेवास्ता गरिएको हो ।

यो पनि पढ्नुहाेस् : काठमाडौंका ५ क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत् प्रतिस्पर्धा हुने

प्रतिनिधिसभातर्फ धनुषा २ मा कांग्रेसका रामकृष्ण यादव र नेकपा एसका रामचन्द्र झा दुवै आधिकारिक मानेर मित्रवत प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रका महिन्द्र यादवबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ भने काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसी र माओवादी केन्द्रकी अन्जना विशुंखेबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

यी हुन् मित्रवत प्रतिस्पर्धा हुने क्षेत्रहरु

प्रतिनिधिसभा

धनुषा २ – कांग्रेस र नेकपा एस

सर्लाही २ – माओवादी र लोसपा

काठमाडौं १० – कांग्रेस र माओवादी

प्रदेशसभा

सर्लाही १ (१) – माओवादी र लोसपा

महोत्तरी २ (२) – नेकपा एस र लोसपा

बारा १ (२) – कांग्रेस र नेकपा एस

पर्सा ३ (२) – कांग्रेस र नेकपा एस

काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस

काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस

काठमाडौंं १० (१) – कांग्रेस र माओवदाी

काठमाडौं ६ (२) – कांग्रेस र माओवादी

बाँके २ (१) – कांग्रेस र नेकपा एस

बाँके २ (२) – कांग्रेस र माओवादी

कन्चनपुर २ (२) – कांग्रेस र नेकपा एस

कन्चनपुर ३ (१) – माओवादी र नेकपा एस

छलफल जारी

स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस

हुम्ला १ – माओवादी र नेकपा एस

सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस

सुर्खेत २ (२) – माओवादी र नेकपा एस

बाजुरा १ – माओवादी र नेकपा एस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *