सर्लाही २ मा अब महिन्द्र र राजेन्द्रबीच मित्रवत प्रतिस्पर्धा – Nepal Press

सर्लाही २ मा अब महिन्द्र र राजेन्द्रबीच मित्रवत प्रतिस्पर्धा

जनकपुरधाम । सर्लाही क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनका दुई उम्मेदवार महिन्द्र राय यादव र राजेन्द्र महतोले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्षसमेत रहेका यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता महतो भने आफ्नै दलको चुनाव चिन्ह लिएर मैदानमा छन् ।

माओवादी र लोसपा दुइटै सत्ता गठबन्धनमा सहभागी छन् । सत्ता गठबन्धनले आज सार्वजनिक गरेको साझा उम्मेदवारको सूचीअनुसार यादव र महतोले मित्रवत प्रतिस्पर्धा गर्ने भएका हुन् ।

दुई दलबाट अलग-अलग उम्मेदवार भएपछि केही दिनअगाडि सत्ता गठबन्धनमा आवद्ध दलका अध्यक्षहरुले विज्ञप्ति जारी गरेर यादवलाई आधिकारिक उम्मेदवार घोषणा गरेका थिए ।

गठबन्धनले यादवलाई आधिकारिक मानेपछि लोसपाका नेताहरु रुष्ट थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *