म गोरखा आउनुमा राजेन्द्र बजगाईको पनि भूमिका छ, दुवै क्षेत्रको विकासको जिम्मा लिन्छु- प्रचण्ड (भिडिओ)
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू गोरखाबाट चुनाव लड्न आउनुमा कांग्रेस नेता राजेन्द्र बजगाईको पनि भूमिका रहेको भन्दै गोरखा १ मा आफूलाई सम्झेर बजगाईसहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
निर्वाचन क्षेत्र गोरखा २ जाने क्रममा क्षेत्र नम्बर १ को आरुघाटमा स्थानीयसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आरुघाट र आरुटार आउँदा आफूलाई गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुने गरेको बताए । प्रचण्डले आरुघाटमा आफूले ३ वर्ष अध्यापन गरेका क्षणहरु सम्झिए ।
उनले भने–आरुटार आउँदा गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुन्छ । यहाँ तीन वर्ष अध्यापन गरेँ २२,२३ वर्षको उमेरमा । अघि राजेन्द्र बजगाईजीले भन्नुभयो,प्रचण्डले आरुघाटलाई असाध्यै माया गर्दोरहेछ । मैले होइन तपाईहरुले मलाई माया गर्नुभएको छ ।
आफूलाई पार्टीले गोरखा १ बाट चुनाव लड्न शुरुमा सिफारिस गरेको र आरुघाटमै पढाएकाले पनि आफूलाई यहाँ आउन मन भएको उनले बताए । तर पार्टीमा छलफल हुँदा क्षेत्र नम्बर २ उपयुक्त ठानेर उम्मेदवारी दिए पनि क्षेत्र नम्बर १ समेत आफ्नै रहेको उनले बताए ।
प्रचण्डले भने– छलफल गर्दै जाँदा देशभरी पनि घुम्नुपर्ने भएकाले सहज ठाउँ २ नम्बर पो हो क्यारे भन्ने सुझाव आयो । म २ नम्बरमा आउनुमा राजेन्द्र बजगाईजीको पनि यो वातावरण बनाउन केही न केही भूमिका रह्यो एक र दुई मेरो लागि खासै फरक होइन,मुख्य कुरा म गोरखा आएँ । गोरखाको जनताको मत लिएर जान चाहान्छु । र दुवैतिरको विकासलाई समानरुपले लैजान्छु ।
प्रचण्डले आफू आरुघाट आउँदा त्यो बेला लठ्ठी खेलेको सम्झना समेत आउँने गरेको बताए ।
Prachanda ra Rajendra kya jodi mileka. Euta hatyara arko balatkari. Prachanda kasto manche ho nepali janta lai sodhnu ra rajendra bajagai kasto manche ho Karna Sakya lai sodnu. Ani balatkari ra gunda lai MP ko seat dine party kasto ho?!!