कालिकोटमा विष्फोटक पदार्थ पड्किँदा ४ वर्षीया बालिकाको मृत्यु, चार जना गम्भीर घाइते – Nepal Press

कालिकोटमा विष्फोटक पदार्थ पड्किँदा ४ वर्षीया बालिकाको मृत्यु, चार जना गम्भीर घाइते

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका- १० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा बालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे विष्फोटक पदार्थ पड्किए घाइते ४ वर्षीया बालिकाको मृत्यु भएको हो ।

भने चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिलागुफा- १० कि ४ वर्षीया झरना थापाको  घटनास्थलमा नै   मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । उनले नेपालप्रेससँग भने,’केटाकेटीहरु खेतमा जाने बाटोमा अनौठो बस्तु भेटेको रहेछ के रहेछ भने ढुंगाले हान्दा पड्किएछ । एक जनाको त्यतिनै बेला मृत्यु भयो । अरु गम्भीर घाइते भएको छ ।’

घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले विष्फोटक वस्तु पड्किदा गम्भीर घाइते भएकाहरू बच्चाबच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रजिअ शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *