कांग्रेसको संकल्प- ३ वर्ष मुनिका बालबालिका र ७३ माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार
नेपाल प्रेस
२०७९ कार्तिक १२ गते १४:३६
काठमाडौं । नेपाली कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
आगामी निर्वाचनका लागि ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै कांग्रेसले यस्तो सङ्कल्प गरेको हो।
५ वर्षभित्र सबै नागरिकको ’स्वास्थ्य बिमा र बिमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने उल्लेख गरेको छ। बिमा रकमको दायरा बढाइ १० लाख पुर्याइने लक्ष्य पनि लिएको छ।
आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बिमाबाट हुनेगरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बिमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिन पनि घोषणा गरेको छ।
प्रतिक्रिया
सम्बन्धित खवर