उम्मेदवारी खारेजबारे राजु गुरुङको आक्रोश- सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक दलको कार्यालय बने (भिडिओ) – Nepal Press

उम्मेदवारी खारेजबारे राजु गुरुङको आक्रोश- सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक दलको कार्यालय बने (भिडिओ)

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालयजस्तो भएर आफ्नो विरुद्धमा फैसला आएको आरोप लगाएका छन् ।

सर्वोच्चको फैसलामाथि प्रश्न उठाउँदै गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यालय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन् ।

गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी दिए पनि बैङ्किङ कालोसूचीमा रहेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो ।

आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् ।

रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका विष्णु पौडेल एकल रूपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्याशित रूपमा उजुरी परेको उनले आरोप लगाए ।

आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालोसूचीमा भए पनि उनीहरू उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको भन्दै गुरुङले आक्रोश पोखे ।

गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

शनिवार गठबन्धन दल र जनमुक्तिको तर्फबाट सामूहिक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।


प्रतिक्रिया

One thought on “उम्मेदवारी खारेजबारे राजु गुरुङको आक्रोश- सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक दलको कार्यालय बने (भिडिओ)

  1. अरूको पैसा खाएर नतिर्ने, पैसा नै नभएको खाताको चेक दिएर मान्छेलाई ठगेर कालो सूचीमा पर्ने आफू अनि दोष अरूलाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर