एमालेका सूर्य थापा र महतोलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण – Nepal Press

एमालेका सूर्य थापा र महतोलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का दुई जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लघन गरेको महतोलाईभन्दै प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सूर्यबहादुर थापालाई र धनुषा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्रयोग गरेको भन्दै थापालाई स्पष्टीकरण सोधिएको र महतोले तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।

स्पष्टीकरण पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव कमल भट्टराईले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर