म एमाले होइन, तर एमालेले जित्नुपर्छ : डा. मथुरा श्रेष्ठ – Nepal Press

म एमाले होइन, तर एमालेले जित्नुपर्छ : डा. मथुरा श्रेष्ठ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन् ।

चुनावी प्रचारप्रसार तथा मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुगेका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै उनले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको समेत बताएका छन् ।

‘आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको मैले पाउँछु, त्यसका लागि तपाईंहरू अझै शसक्त भएर लाग्नुस् शुभकामना छ,’ श्रेष्ठले भने ।

उनले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताए । ‘म एमाले होइन तर आजको दिनमा एमालेले जित्नुपर्छ भन्ने मलाई लाग्छ । एमालेवाहेक यो देशमा अरुले लिड गर्न सक्छन् जस्तो लाग्दैन,’ श्रेष्ठले भने । उनले एमालेबाहेक अरु कसैले पनि अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको समेत बताए ।

‘सरकारको नेतृत्व एमालेबाहेक अरु कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइ हुन सक्छ,’ उनले भने, ‘एमालेप्रति हामी धेरैको ठूलो आशा छ ।’ संसदीय प्रणालीमा एमालेलाई चलाख बन्न उनले सुझाव समेत दिएका छन् । ‘षड्यन्त्रका अनेक तानाबाना बुनिन सक्छ तपाईहरूले ख्याल गर्नुहोस् । राम्रो काम गर्नेहरूलाई षड्यन्त्र गर्ने चलन संसारभरी नै छ,’ उनले भने ।

प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुगेका काठमाडौं-५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे । उनले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताए ।

 


प्रतिक्रिया

3 thoughts on “म एमाले होइन, तर एमालेले जित्नुपर्छ : डा. मथुरा श्रेष्ठ

  1. म पनि मथुरा डा. साव जस्तै हो । म एमाले होईन तर अहिले एमालेले जित्नुपर्छ नत्र देशमा बेईमानी, दलाली चरम हुन्छ ।

  2. Ma loktantrabadi hu, emaale karyakarta haina tara malai emaale aru bhanda thik lagchha. Jitako subhakaamanaa!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर