बार्सिलोना शीर्ष स्थानमा
नेपाल प्रेस
२०७९ कार्तिक १३ गते ८:२६
काठमाडौं । रोबर्ट लेवान्डोस्किको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध १–० गोलको नतिजामा जित निकालेको छ ।
लालिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै बार्सिलोना १२ खेलमा १० जित १ हार र १ बराबरीको नतिजासहित ३१ अंक जोडेर तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको रियाल मड्रिड सँग समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोना अघि रहेको हो ।
यस्तै पराजित भ्यालेन्सिया १५अंकसहित १०औं स्थानमा छ।
प्रतिक्रिया
सम्बन्धित खवर