मेरो ध्यान कानुन बनाउने मात्र होइन भौतिक पूर्वाधार निर्माणमा पनि छ: प्रकाशमान सिंह – Nepal Press

मेरो ध्यान कानुन बनाउने मात्र होइन भौतिक पूर्वाधार निर्माणमा पनि छ: प्रकाशमान सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत बताएका छन् । आज चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटको क्रममा नेता सिंहले सो कुरा बताएका हुन् ।

निर्वाचनको क्षेत्रमा आफू भन्दा अघिका जनप्रतिनिधिले भन्दा आफूले धेरै काम गरेको दाबी गरेका छन् । काठमाडौं्र क्षेत्र नं १ का उम्मेदवार समेत रहेका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला ठूला पदमा पुगे पनि विकासको काममा ठुलो कार्य गर्न नसकेको बताए।

बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ साल सम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाए पछि भने यस क्षेत्रमा विकासको कार्य अगाडि बढेको भन्दै पूर्णता दिन अझै बाँकी रहेको बताए ।

अझै पनि विकासका कामलाई अगाडि बढाउन उचित कानुनहरु नबनेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि कांग्रेसले जित्नुपर्ने उनको भनाइ छ ।

एउटा जनप्रतिनिधिको रुपमा आफू सधै जनताले बोलाउदा जनता समक्ष हाजिर भएको बताए । जनतालाई दुख पर्दा सक्दो मद्धत गर्ने गरेको उल्लेख गर्दै यस पटक पनि जनताले आफूलाई विश्वास गर्नेमा आशावादी रहेको बताए।

राजनीति सेवाको भावले प्रेरित भएर शुरु गरेको बताउँदै निकै लामो उतारचढाव झेल्दै यहाँसम्म पुगेको भन्दै कुनै लोभलालच नरहेको दाबी गरे । चुनावी अभियानमा सबै खाले उम्मेदवार र राजनीति दल घरदैलोमा आउनु स्वभाविक भए पनि कुन राजनीति दल र उम्मेदवारको बिषयमा सहि मुल्यांकन जनताले गर्नुपर्ने समेत बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर