आरजू राणाको दाबी- गठबन्धनले ९५ प्रतिशत सीट जित्छ – Nepal Press

आरजू राणाको दाबी- गठबन्धनले ९५ प्रतिशत सीट जित्छ

काठमाडौं । कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनले ९५ प्रतिशत सीटमा जित्ने दाबी गरेकी छन्।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनले जित हुनेमा आफू विश्वस्त रहेको बताइन्।

उनले भने, ‘म यहाँ छठ मनाउन र गठबन्धनको उम्मेदवारलाई जिताउन जनकपुर आएको हुँ। मलाई यहाँको कल्चर धेरै मन पर्छ। त्यही भएर यहाँ सरिक हुन आएको हो।’

सबैतिर मिलेर गएकाले दलहरूबिच भोट सहजै ट्रान्सफर हुने जिकिर गरिन्।

राणाले भनिन्, ‘गठबन्धनले ९५ प्रतिशत जित्नेमा ढुक्क छु। हामी सबैतिर मिलेर गएका छौँ। बागी उम्मेदवारी दिएकाहरूले पनि फिर्ता लिइसक्नुभएको छ। भोट ट्रान्सफरको विषयमा पनि साथीहरू वडा वडासम्म मिलेर लाग्नुभएको छ। त्यसैले आशावादी छु। सत प्रतिशत त चुनावमा कहिले पनि भन्न सकिन्नँ।’

 


प्रतिक्रिया

One thought on “आरजू राणाको दाबी- गठबन्धनले ९५ प्रतिशत सीट जित्छ

  1. ९५ प्रतिशत होइन सवै गरेर जम्मा जम्मी ९५ ल्याउने होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर