गच्छदारलाई टिकट दिएकोमा कुनै ग्लानि छैन, जितेर आउनुहुन्छ : जीवन परियार – Nepal Press

गच्छदारलाई टिकट दिएकोमा कुनै ग्लानि छैन, जितेर आउनुहुन्छ : जीवन परियार

नेकपा सरकारले प्रतिशोध साध्न भ्रष्टाचारको मुद्दा हालेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेता विजयकुमार गच्छदारलाई नेकपा सरकारले प्रतिशोध साध्न मात्रै भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन्।

शनिवार सार्वजनिक गरेको घोषणापत्रबारे थप प्रष्ट पार्नका लागि आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतले गच्छदारलाई निर्दोष साबित गर्न सक्ने बताए।

उनले भने, ‘नेकपाको उन्मत्त सरकार थियो त्यति बेला, नेकपाले कांग्रेसका नेता छानिछानी राजनीतिक प्रतिशोध साध्ने किसिमले केही मान्छेलाई भ्रष्टाचार मुद्दा अगाडि बढाएको थियो। बालुवाटार काण्डमा उहाँले प्रस्ताव मात्र लैजानुभएको थियो।’

उनले अख्तियारले मन्त्रीलाई मुद्दा चलाउने, क्याबिनेटका अरूलाई कुनै मुद्दा नचलाउने खालको प्रतिशोधपूर्ण भएको कांग्रेस केन्द्रीय कार्यसमिति त्यस बेलामै ठहर गरेको स्मरण गरे।

गच्छादारविरुद्ध मुद्दा चलेको भए पनि दोषी नभएकाले भोलि अदालतले छुटकारा दिन सक्ने बताए।

उनले गच्छदार पुनः विजयी भएर आउने दाबी गर्दै टिकट दिएकोमा कुनै ग्लानि नभएको प्रष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर