इन्द्र बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झन्डा
नेपाल प्रेस
२०७९ कार्तिक १३ गते १७:३०
हेटौँडा । नेपाली कांग्रेसको तर्फबाट मकवानपुर–२ को प्रदेशसभा क्षेत्र ‘२’का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँलाई आफ्नै कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।
बानियाँको क्षेत्र रहेको मनहरी गाउँपालिका वडा नम्बर १ को कार्यक्रममा सहभागी हुने क्रममा बानियाँलाई कालो झन्डा देखाइएको हो ।
सांसदको पाँच वर्षे कार्यकालमा सिन्को नभाँचेको, झुटो बाचा मात्र गरेर जनतालाई भ्रममा पारेको भन्दै आफूहरूले कालो झन्डा देखाएको नेपाली कांग्रेसका क्रियाशील सदस्य विशाल उप्रेतीले बताए ।
प्रतिक्रिया