गोरखाका जनताको उत्साहले जित सुनिश्चित भइसक्यो : प्रचण्ड (भिडिओ) – Nepal Press

गोरखाका जनताको उत्साहले जित सुनिश्चित भइसक्यो : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन्।

आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘म कहाँ सुरक्षित कहाँ असुरक्षित भनेर निर्वाचन लड्न जाने गरेको छैन । म रोल्पा र काठमाडौंमा चुनाव लड्दै गर्दा जनयुद्ध र जनआन्दोलनका भावनाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले लडेको थिए। चुनाव जित्न मात्रै लडेको थिइन्। मधेश पहाड र हिमाललाई एकताबद्ध गरेर परिवर्तन संस्थागत गर्न चाहन्थे।’

०७४ मा जनताको अपेक्षाअनुसार चितवन गएको र अहिले गोरखा आएको बताए।

प्रचण्डले भने, ‘जहाँबाट जनक्रान्तिको सुरुवात गरेको थिए। त्यही ठाउँका सबैको आग्रहपछि म त्यहाँ गएका हुँ। पहिला पनि त्यहाँ मलाई आग्रह गरेका थिए। गोरखाबाट आर्थिक समृद्धिको अभियान थाल्दा देशभर देखिन्छ भन्ने संकल्पसहित पुगेको हुँ।’

उनले हिजो र अस्ति २ दिनमा ४४ वटा चुनावी भेटघाट गरेको बताए। गोरखाका जनताको उत्साहले आफ्नो जित सुनिश्चित भइसकेकोमा कुनै दुबिधा नरहेको समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर