टी-२० क्रिकेट : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै – Nepal Press

टी-२० क्रिकेट : न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मङ्गलवार दुई खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा नौ बजे अफगानिस्तान र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ । खेल ब्रिस्वानमा हुनेछ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।

समान तीन खेल खेलको श्रीलङ्का २ अंक सहित पाँचौँ र अफगानिस्तान पुछार तथा छैटौँ स्थानमा छ ।

दोस्रो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दिउसो पौने दुई बजे आमनेसामने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इंग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।

आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इंग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंक सहित दोस्रो स्थानमा छ । आज इंग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समीकरण निकै रोचक बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *