सन्दीपको बयान आज सकिएन, थुनछेक बहस भोलिमात्र
नेपाल प्रेस
२०७९ कार्तिक १५ गते १६:१०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि दायर भएको बलात्कार मुद्दामा आज उनको बयान जारी रहेको छ । आज बयान नसकिएकाले थुनछेक बहस हुन सकेन ।
अदालत स्रोतका अनुसार थुनछेक बहस भोलिमात्रै सुरु हुनेछ । बहस सकिएपछि उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारेखमा छोड्नेबारे अदालतले निर्णय लिने छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले हिजो काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध अभियोगपत्र दायर गरेको थियो । उक्त अभियोगपत्रमा सन्दीपमाथि १२ वर्षसम्मको जेल सजाय माग गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर