रुपन्देहीमा खुला कुस्ती प्रतियोगिता सुरु – Nepal Press

रुपन्देहीमा खुला कुस्ती प्रतियोगिता सुरु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका- ३ स्थित धकधईमा मंगलबारदेखि खुला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानहरु सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको सुनाए ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर क्षेत्रीले युवाहरुलाई प्रोत्साहन गर्न र तराई-मधेसमा लोकप्रिय कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता गरिएको जानकारी दिए । उनले भने, ‘आगामी दिनमा पनि कुस्तीलगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिनेछौं ।’

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १११, द्वितीय हुनेलाई ५० हजार ५५५, तृतीयलाई २५ हजार २२५ र सान्त्वनालाई १५ हजार १२५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रवक्ता क्षेत्रीका अनुसार पहलमानहरुलाई प्रोत्साहनस्वरुप साइकल र टेलिभिजनको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता बुधबारसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *