धनगढी आइपुगे प्रधानमन्त्री देउवा, यस्ता छन् चार दिने कार्यक्रम – Nepal Press

धनगढी आइपुगे प्रधानमन्त्री देउवा, यस्ता छन् चार दिने कार्यक्रम

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी आइपुगेका छन् । डडेल्धुरामा भोलिदेखि हुने पार्टीको कार्यक्रममा सहभागी हुन देउवा धनगढी पुगेका हुन् । उनी आज धनगढीस्थित निवासम बस्नेछन् । निवासमा केही राजनीतिक भेटघट हुने जनाइएको छ । भोलि डडेल्धुरा प्रस्थान गर्नेछन् ।

देउवा आफ्नो निर्वाचन प्रचार गर्न ४ दिन डडेल्धुरामा बस्ने छन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सार्वजनिक तालिकाअनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन् । १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यहाँ देउवालाई उनकै पुराना विश्वास पात्र मानिएका कर्ण मल्लले चुनौती दिइरहेका छन् । उनी अघिल्लो पटक काङ्ग्रेसबाट प्रदेश सभामा विजयी भएका थिए । बिपी काङ्ग्रेसबाट उम्मेदवार बनेका मल्ललाई डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर