काठमाडौं ३ बाट बद्रीप्रसाद र कपिलमुनीलाई उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन – Nepal Press

काठमाडौं ३ बाट बद्रीप्रसाद र कपिलमुनीलाई उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

प्रदेशसभाअन्तर्गत ३ को (२) मा मित्रवत प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंको उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं र प्रदेशसभाअन्तर्गत ३ (१)मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् ।

उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् । यस्तै प्रदेशसभा ३(२) मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम उम्मेदवारी दिएका महेश्वर फुँयालको उम्मेदवारी कायमै रहेको उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर