डा. सुनिल शर्माको आश्वासन- सुकम्बासीलाई दुई वर्षभित्रै धनिपुर्जा (भिडिओ) – Nepal Press

डा. सुनिल शर्माको आश्वासन- सुकम्बासीलाई दुई वर्षभित्रै धनिपुर्जा (भिडिओ)

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले मंसिरपछि बन्ने गठबन्धन सरकारले आगामी २ वर्षभित्र सुकम्बासी तथा भुमिहीनहरूलाई धनिपुर्जा वितरण गरिसक्ने बताएका छन् ।

थपरेमा आयोजित कोणसभालामा उनले आफूहरू आश्वासन दिनेमात्र नभई काम पनि गर्ने बताए ।

आफूले यसअघिको निर्वाचन जित्न नसकेपनि सकेजति र सक्नेजति काम गरेको भन्दै सदनमा गएर जनताले गुनासो गर्न नपाउने गरी काम गर्ने शर्माको प्रतिबद्धता थियो ।

मोरङ ३ मा गठबन्धनको जित निश्चित भइसकेको उनको दाबी छ । मंसिरमा नयाँ सरकार बनेलगत्तै जनतामाझ गरेका बाचा पूरा गर्न सरकार, संसद र गठबन्धन आबद्ध दल एक भएर लाग्ने पनि शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर