वैदेशिक रोजगारीमा गएकाले १० प्रतिशत आइपीओ पाउने, भुक्तानी रेमिट्यान्स खाताबाटै गर्नुपर्ने – Nepal Press

वैदेशिक रोजगारीमा गएकाले १० प्रतिशत आइपीओ पाउने, भुक्तानी रेमिट्यान्स खाताबाटै गर्नुपर्ने

काठमाडौं । श्रम स्विकृति लिएर विदेशमा गएका नेपालीले आइपीओमा १० प्रतिशत आरक्षण पाउने व्यवस्था लागू भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाको (२०७९) छैठौ संशोधन गर्दै यो व्यवस्था आजैबाट लागू गरेको जनाएको छ ।

नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट श्रम स्विकृति लिएर वैदेशिक रोजगारमा गएकाले यस्तो आरक्षण पाउनेछन् । कुनै पनि संगठित संस्थाले सर्वसाधारणमा सेयर जारी गर्नु अघि सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत वैदेशिक रोजगारमा गएकाहरुलाई छुट्याउनुपर्ने छ ।

यस्तो सेयरको निष्काशन गर्दा १५ दिनको समय तोकेर आवेदन आह्वान गर्नुपर्नेछ । यस्तो सेयरका लागि आवेदन दिदा सिआस्वा बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खातामार्फत श्रमिकले भुक्तानी गर्नुपर्नेछ ।

सेयरका लागि आवेदन गर्दा रेमिट्यान्स खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ जम्मा गरेको हुनुपर्नेछ । तर उनीहरुले सर्वसाधारणलाई छुट्याएको सेयरमा भने आवेदन दिन पाउँने छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *