राजावादी शक्तिहरु फेरि सल्बलाउन थाले : गृहमन्त्री खाण – Nepal Press

राजावादी शक्तिहरु फेरि सल्बलाउन थाले : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका छन् ।

बिहीबार नेपाल तरुण दल रुपन्देही क्षेत्र नं.३ ले आयोजना गरेको बृहत तरुण भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लुकेर बसेको प्रतिगमनकारी शक्ति र राजावादी शक्तिहरु फेरी वर्षौ पछि सल्बलाउन थालेको टिप्पणी गरेका हुन् । रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाणले प्रतिगमनका विरुद्धमा उभिएका पाँच दलीय गठबन्धनले मात्रै मुलुकलाई पश्चगमनतर्फ लैजाने तर्क गरे ।

उनले पाँच दलीय गठबन्धनको एउटै मात्रै लक्ष्य नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई समृद्धि, विकासको बाटोमा लैजाने रहेको बताउँदै पञ्च्यातविरुद्ध २०४६ सालमा र २०६२/०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाममोर्चा मिल्दा सफल भएको तर्क गरे । गृहमन्त्री खाणले सिमानामा बस्ने नेपालीहरुले सिमा रक्षाको लागि ठूलो योगदान दिएको बताउँदै उनले राज्यले सिमानामा बस्ने नेपालीहरुलाई सम्मान गरिरहने बताए ।

उनले नागरिकको अवस्था बदल्न र पाँच वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उल्लेख गर्दै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनु पर्नेमा जोडदिए ।

त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर