यो पटक जनतालाई निराश बनाउँदैनौ, गठबन्धनको धर्म निर्वाह गछौं: गगन थापा (भिडिओ) – Nepal Press

यो पटक जनतालाई निराश बनाउँदैनौ, गठबन्धनको धर्म निर्वाह गछौं: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताएका छन् ।

चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर चुनावी प्रचारप्रसार सुरु गरेका छन् ।

संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक अस्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उदेश्य नभएको उनले बताए ।

उनले भने,‘हामीले प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा सम्बोधन गर्न सक्र्छौंकि सक्दैनौ हाम्रो अगाडिको प्रश्न पनि यही हो । हाम्रो चुनौति पनि यही हो । निर्वाचन हामी जित्छौं । निर्वाचन जितिसकेपछि जुधेको त्यो अपेक्षाहरुलाई पुरा गर्न सक्ने इच्छाशक्ति पनि हामीले राख्नसक्नुपर्छ ।’

थापाले यो पटक जनतालाई निराश नबनाउने बताए ।

उनले थपे,‘हामी निर्वाचित भइसकेपछि यो पटक आम जनतालाई निराश बनाउने छैनौं । हामी यो पटक चुक्ने छैनौं । हामी यो पटक गठबन्धनमा रहेको दलहरु गठबन्धनको धर्म निर्वाह गर्नेछौं । गठबन्धनका दलहरु मिलेर मत मागिसकेपछि यो मतको इज्जत राख्नेछौं ।’

सत्ता गठबन्धन नचुकि नविराई अघिल्लो पाँच वर्षमा जे क्षति भएको छ । त्यो क्षतिलाई पनि पूर्ति गरेर नेपालको इतिहासमा सर्वाधिक सफल हुने उनकोभ नाइ छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर