गठबन्धनले नजिते संविधानको रक्षा हुँदैन: प्रकाशमान सिंह – Nepal Press

गठबन्धनले नजिते संविधानको रक्षा हुँदैन: प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षा गर्नका लागि गठबन्धन बनेको बताएका छन्।

काठमाडौंमा शुक्रबार बिहान भएको कार्यक्रममा बोल्दै उनले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए।

उनले भने, ‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि गठबन्धन नै आवश्यक छ।’

संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक९वाम गठबन्धनको जित आवश्यक भएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर