के भन्छन् दक्षिणी रुपन्देहीका मतदाता ? (भिडिओ) – Nepal Press

के भन्छन् दक्षिणी रुपन्देहीका मतदाता ? (भिडिओ)

रुपन्देही । रुपन्देहीको दक्षिणी क्षेत्रका मतदाता चुनावी समयमा उम्मेदवारहरुका आश्वासनले थाकिसकेका छन् । चुनावको वेला आएर विकासका योजना सुनाउने ती उम्मेदवार जितेपछि सो क्षेत्रमा फर्कने निकै कम छन् । पराजितहरु पनि अन्य समयमा खासै देखिँदैनन् ।

भौतिक पूर्वाधारमात्रै होइन आधारभूत रुपमा रहेका स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको सेवा लिन पनि स्थानीयले धेरै सास्ती पाउनुपरेको छ ।

तराईको सुगम जिल्ला, भारतसँग सीमा जोडिएको, बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएको यो क्षेत्रमा उपचारका लागि पनि जिल्ला सदरमुकाम जानुपर्ने स्थानीयको गुनासो छ । ९५ प्रतिशत कृषिमा आश्रितहरु मल र बीउको लागि नेपाली प्रहरीको कुटाई खाएर भारतबाट ल्याउनुपर्ने बाध्यता सुनाउँछन् ।

तर, यहाँ अहिलेसम्म जनतासँग घुलमिल हुनै नखोज्ने नेताहरुको प्रवृत्ति रहेकाले सचेत हुनुपर्ने आवाज उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर