चुनाव बहिष्कारसहित वैद्य र धर्मेन्द्र बाँस्तोलानिकटका विद्यार्थीले गरे आन्दोलन घोषणा – Nepal Press

चुनाव बहिष्कारसहित वैद्य र धर्मेन्द्र बाँस्तोलानिकटका विद्यार्थीले गरे आन्दोलन घोषणा

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी)ले आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेको छ ।

मातृपार्टीको निर्णयअनुसार पार्टीहरुको आसन्न संसदीय निर्वाचनलालाई सक्रिय अवज्ञा गर्न सक्रियतापूर्वक आह्वान गरेका छन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल र अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राईले संयुक्त विज्ञप्ति निकालेर देशव्यापी निर्वाचन बहिष्कार र आन्दोलनका कार्यक्रम गर्न पार्टी संगठनलाई निर्देशन दिएका छन् ।

उनीहरूले कात्तिक २३ गते १२ बजे काठमाडौंको शान्तिवाटीकामा चुनाव बहिष्कार सभा सञ्चालन गर्ने जनाएका छन् । सत्ता र व्यवस्थाको विकल्पमा संघर्षको मैदानमा उत्रिन भन्दै उनीहरू बहिष्कारका लागि सबैलाई आह्वान गरेका छन् ।

यीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी पनि निर्वाचन बिथोल्ने अभियानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर