सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश – Nepal Press

सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । उनलाई केन्द्रीय कारागारमा राखिनेछ ।

एक किशोरीले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर