महेशको घरदैलो अभियान, वृद्धवृद्धाबाट लिए आशीर्वाद (तस्बिरहरू) – Nepal Press

महेशको घरदैलो अभियान, वृद्धवृद्धाबाट लिए आशीर्वाद (तस्बिरहरू)

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले घरदैलो अभियान सुरु गरेका छन् । सूर्य विनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ बाट बस्नेतसहित एमालेका उम्मेदवारहरूको घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

वृद्धबृद्धाको आशीर्वाद लिँदै अभियानको शुभारम्भ गरिएको एमालेले जनाएको छ । एमालेबाट प्रतिनिधिसभामा बस्नेत, प्रदेशसभामा क्षेत्र नम्बर २ (१) बाट किरण थापा र क्षेत्र नम्बर २ (२) मा चन्दनकृष्ण श्रेष्ठ उम्मेदवार छन् ।

उम्मेदवारहरूले भक्तपुरवासीको विकास र समृद्धिको चाहना पुरा हुने विश्वास दिलाएका छन् ।

बस्नेतले भने, ‘तपाईँहरूको एक–एक भोटको ऋणी हामी बन्नेछौँ, तपाईँहरूको एक भोटले गर्दा हामी विजय पश्चात् तपाईँहरूको सेवामा पाँच वर्ष खट्नेछौँ । भक्तपुरको विकास र समृद्धिको यात्रामा जनताले जनप्रतिनिधिलाई खोज्ने भन्दा पनि आफै खोजेर जनताको घरदैलोमा आउने तथा दुःख सुखमा साथमा रहनेछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर