सन्दीप रहने केन्द्रीय कारागारमा ३३८३ कैदीबन्दी, चार्ल्स सोभराज र रन्जन कोइराला पनि त्यहीँ – Nepal Press

सन्दीप रहने केन्द्रीय कारागारमा ३३८३ कैदीबन्दी, चार्ल्स सोभराज र रन्जन कोइराला पनि त्यहीँ

काठमाडौं। बलात्कार आरोपमा मुद्धा पुर्पक्षका लागि क्रिकेटर सन्दीप लामिछाने रहने केन्द्रीय कारागार देशकै सबैभन्दा ठुलो कारागार हो ।

सुन्धारास्थित उक्त कारागारमा शुक्रबार अपरान्हसँग ३ हजार ३ सय ८३ कैदीबन्दी रहेको उक्त कारागारका जेलर इश्वरी पाण्डेले बताए । यसमा मुद्धा पुर्पक्षका लागि रहने र फैसला भएका कैदीबन्दी दुवै छन्। तर हरेक दिन कारागारमा कैदीबन्दीको संख्या थपघट भइरहन्छ ।

यो कारागारमा बिकिनी किलर चार्ल्स शोभराजदेखि श्रीमती हत्यारामा दोषी ठहर पूर्व डीआईजी रन्जन कोइराला पनि रहेका छन् । केन्द्रीय कारागारमा रहेको गोलघरमा बढी खतरा सृजना गर्न सक्ने कैदीबन्दीलाई राख्ने गरिन्छ ।

काठमाडौं उपत्यकाका अदालतबाट भएका आदेश तथा फैसलाका कैदीबन्दीहरु सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीबजार कारागार र ललितपुरको नख्खु कारागारमा राखिने गरिएको छ । केन्द्रीय कारागारमा अस्पताल पनि भएकाले देशका अन्य कारागारमा विरामी भएकालाई त्यहाँ ल्याएर राख्ने पनि गरिएको छ। सुरक्षाका दृष्टीले खतरा भएमा वा कैदीबन्दीले चाहेमा उनीहरुको कारागार स्थानान्तरण पनि हुने गर्छ ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार सन्दीपलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर