सन्दीप भन्छन्- अदालतको आदेश सम्मान गर्छु – Nepal Press

सन्दीप भन्छन्- अदालतको आदेश सम्मान गर्छु

काठमाडौं । आफूलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेशलाई क्रिकेटर सन्दीप लामिछानेले सम्मान गर्ने बताएको उनका कानून व्यवसायीले बताएका छन् ।

अधिवक्ता मुरारी सापकोटाले सन्दीपले अदालतको आदेश सम्मान गर्ने बताएको जानकारी दिए ।

‘थुनछेकको आदेशपछि सन्दीपसँग कुरा गर्दा उहाँले आफूले निर्णय सम्मान गर्ने बताउनुभयो’, सापकोटाले भने ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहस सुनेपछि शुक्रबार सन्दीपलाई थुनामा पठाउने आदेश गरेका छन् । यसअघि बुधबार, बिहीबार र शुक्रबार केही समय थुनछेक बहस भएको थियो ।

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमन श्रेष्ठसहित करिब एक दर्जन कानून व्यवसायीले वकालत गरेका थिए । एक किशोरीले बलात्कार गरेको उजुरी दिएपछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर