जिल्लाको आदेशविरुद्ध पुनरावेदन गर्नेबारे बोलेका छैनन् सन्दीप
काठमाडौं । आफूलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदन गर्ने नगर्नेबारे क्रिकेटर सन्दीप लामिछानेले केही पनि नभनेको उनका कानुन व्यवसायीले बताएका छन् ।
अधिवक्ता मुरारी सापकोटाले भर्खरै आदेश आएकाले त्यसको लिखित प्रतिलिपि हेरेपछि मात्र निर्णय हुने बताए । ‘पुनरावेदन गर्ने सन्दीपले हो । भर्खरै आदेश आए पनि लिखित रुपमा सार्न बाँकी छ । आइतबार हेरेपछि त्यस विषयमा सन्दीपले केही भन्लान्’, सापकोटाले भने ।
जिल्लाको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्नेछन् । आफूलाई थुनामा पठाउने आदेश गलत भएको भन्दै जिल्लाको आदेश बदर हुनुपर्ने माग उनले उच्च अदालतमा गर्नेछन् । त्यसका लागि जिल्ला अदालतको थुनछेक आदेश लिखित रुपमा आएपछि त्यसका आधारमा उनका कानून व्यवसायीले पुनरावेदन गर्नेछन् ।