काठमाडौं ७ को प्रदेश १ मा आधिकारिक उम्मेदवारकाे समर्थन गर्दै एमालेका बागी मालीको उम्मेदवारी निष्क्रिय – Nepal Press

काठमाडौं ७ को प्रदेश १ मा आधिकारिक उम्मेदवारकाे समर्थन गर्दै एमालेका बागी मालीको उम्मेदवारी निष्क्रिय

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गत प्रदेश १ का उम्मेदवार गोपाल मालीले आफनो उम्मेदवारी निष्क्रिय पार्दै एमालेका उम्मेदवार जीवन मानन्धरलाई समर्थन जनाएका छन् । शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको विशेष भेटपछि मालीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । उनी नेकपा एमालेबाटै बागी उम्मेदवार बनेका थिए ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा १७ वडाको ईन्चार्ज मालीले दिएको उम्मेदवारी फिर्ता लिएको एमालेले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलसहित केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद अर्याल र विश्वराम सापकोटाको उपस्थितीमा उनी पुरानै जिम्मेवारीमा फर्किएका छन् ।

मालीले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर