भीम रावलको प्रश्न: म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी हुनु भयो? – Nepal Press

भीम रावलको प्रश्न: म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी कसरी तन्नेरी हुनु भयो?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलक्षित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा चुनावी सभामा उत्तेजित भाषण गरेको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार कञ्चनपुरको चुनावी सभामा ओलीले आफनो बारेमा उत्तेजित भाषण गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्। रावलले शुक्रबार ओलीको अभिव्यक्तिप्रति लामो टिप्पणी गरेका छन् । कञ्चनपुरमा भएको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको उत्तेजित भाषणको भीम रावलको तपाईलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन , बुढो भइसक्नु भयो, वेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, के को खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा , थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ ” भन्ने अंशले ओलीभित्र बलिरहेको क्रोध , बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाँग हुने रावलले बताए । उनले

सामाजिक सञ्जालमा ओलीलाई जवाफ दिएका छन्,‘उहाँको भनाईले यस्ता प्रश्न स्वतः उठ्छन् १० मलाई ४८ सालमा तत्कालिन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरु सुरक्षित गर्न अछाममा गएर लड्नु होस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खानू को लागि मुख किन वाउनु भएको’ त ?

२. म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटि सकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनु भयो? म भन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो?

३. हो, अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नु पर्छ । तर अरुलाई पालो दिनु पर्ने भए ओली जी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त?

४. ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रुपमा अपमान हुने गरी बोल्नु भएको रहेछ । स्मरण होस् , अछाम जिल्ला लगायत देशका विभिन्न भागमा ब्राम्हण र क्षेत्री गरी थुप्रै ओलीहरु पनि छन् , तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने त ?

५. पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर