हेटौँडामा हिमालय टिभीको चुनावी बहसमा लफडा, इन्द्र बानियाँसँग मिलेमतो गरी अरूलाई बेवास्ता गरेको आरोप (भिडिओ) – Nepal Press

हेटौँडामा हिमालय टिभीको चुनावी बहसमा लफडा, इन्द्र बानियाँसँग मिलेमतो गरी अरूलाई बेवास्ता गरेको आरोप (भिडिओ)

काठमाडौं । हिमालय टेलिभिजनले बागमती प्रदेशको राजधानी हेटौँडामा गरेको चुनावी बहस कार्यक्रममा लफडा भएको छ ।

चुनावी बहस कार्यक्रम सुरुभएसँगै हाम्रो नेपाली पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपेन्द्र चन्द ठकुरीसहितको टोलीले टिभीले लाखौँ रुपैँयाको प्रलोभनमा परेर आफुहरुलाई बेवास्ता गरेको आरोप लगाएपछि कार्यक्रम विथोलिएको हो ।

कार्यक्रममा दलका उम्मेदवारहरुलाई स्पेस नदिएर पैसाको भरमा केही दलका नेताहरुलाई मात्र सहभागी गराइएको आरोप लगाएएको थियो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँप्रति हाम्रो नेपाली पार्टीका कार्यकर्ताले चामल बाढेको, पैसा दिएर प्रचार गरेको लगायतको टिप्पणी गर्न थालेपछि बानियाँ कार्यक्रम छाडेर हिडेपछि अन्य सहभागि अतिथिहरु पनि कार्यक्रम छाडेर बाहिरिएका थिए ।

अतिथिहरु कार्यक्रम छाडेर हिड्नसाथ कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँले कार्यक्रम नचलाउने घोषणा गरेका थिए । हिमालय टिभीमा लाइभ प्रशारण रहेको उक्त भिडियो भने अहिले टिभीले हटाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर